बिर्तामोड । नेपाली कांग्रेसले झापाको बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौलालाई उम्मेद्वार बनाउने तय भएको छ । बिर्तामोड नगर सभापति तथा बिर्तामोड –३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेद्वार बनाउने लगभग निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाले जनाएको छ । कांग्रेस झापाले सार्वजनिक घोषणा भने गर्न बाँकी छ ।
गठबन्धनका तर्फबाट बिर्तामोडको उपपमेयरको उम्मेदवारी माओवादीको भागमा परेको छ । माओवादीले उपमेयरको टुङ्गो लगाउने अन्तिम तयारीमा रहेको जनाएको छ । गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 589