रोमा न्यौपाने हाल नेपालमा चर्चाकमाएकी ख्यातीप्राप्त नृत्यकार हुन । सुनसरीमा जन्मिएर हाल काठमाण्डौंमा बसोबास गर्दै आउनु भएकी अपाङ्ग भएरपनी मानसिक रुपमा सपाङ्गको जीवन जीउदै आफुलाई सदैव कृयाशिल बनाउने एक स्वाभिमानी महिलामा पर्छिन ।

एक खट्टा गुमाउनपुगेकी न्यौपानेले नेपालका प्राय सबै जिल्लामा आफ्नो प्रस्तुति पस्कीसकेकी छिन । एसिया र यूरोपका धेरै देशहरुमा पनी नाचेर अभुतपूर्ण कला देखाई सकेकी न्यौपानेको अथक मेहनत आम नारी र युवा जगतको लागी प्रेरणा बन्न सक्छ ।

आजभोली फिल्म, म्युजिक भिडियो र सिरियल अभिनयमा अलीवढी व्यस्त रहने रोमा नेपालीहरुले आयोजना गर्ने विषेश चार्डपर्ववेलाको उत्सव, मेला, महोत्सव र राष्ट्रीय र अन्तराष्ट्रिय स्तरका कार्यक्रमको स्टेजमा समय दिनपनी भ्याउछीन ।

अपाङग भएरपनी अलीकतीपनी हतोसाहित नभई मैले विभिन्न गितमा गरेको नृत्य प्रस्तुति देखेर दर्शको हुटिङ र आयोजक परिवारले आफुलाई धन्यवाद दिदै तपाईको प्रस्तुती गर्वगर्न योग्य छ भरेर प्रोत्साहान गर्ने गरेकोले मेरो हौसलाले निरन्तरता पाएको उनी भन्छिन । रोमाको आगामी दिन अझ उत्साहपूर्ण वितोस आमसंचारको कामना ।




