Aamsanchar

पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई माफी मगाइयो

Author Image
आइतवार, वैशाख २५, २०७९

बुटवल- पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई अर्घाखाँचीमा माफी मगाएर छोडिएको छ। निर्वाचनमा मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लगाएका अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनाललाई निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्।

अर्घाखाँची ३ खनदहका खनालले आफ्नी श्रीमती शान्ता खनालमार्फत पैसा बाँडिरहेको अवस्थामा रंगेहात फेला पारेपछि लिखित माफी मगाईएको हो।

खनदहमा खनाल फेन्सी स्टोर सञ्चालन गर्दै आएकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका आफ्ना पती दुर्गाप्रसादलाई जिताउन स्थानीय छिमेकीको सहयोगमा पैसा बाँड्दै गरेको अवस्थामा भेटीएको स्थानीय सागर खनालले बताए।

शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदालीलाई रेष्टुरेन्टमा खाजा खान आउनेलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिईन्।

शनिबार खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल सञ्चालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको सागरले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 479

प्रतिक्रिया (०)

सम्बन्धित खबर