पर्सा ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नगरिए संविधान कार्यान्वयन हुन नसक्ने बताउन भएको छ ।
एकचालिसौँै मेलमिलाप दिवसका अवसरमा काँग्रेस पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले संविधान संशोधन नभए मुलुकमा निर्वाचनको वातावरण निर्माण नहुने र तीनै तहको निर्वाचन नभए संविधान कार्यन्वयन नहुने भएकाले दलबीच सहमति गरी मुलुकलाई समाधान दिन आवश्यक रहेको बताउनुभयो ।
चालिस वर्ष अगाडि बिपी कोइरालाले प्रतिपादन गरेको मेलमिलापको सिद्धान्तको सान्दर्भिकता अहिलेको अवस्थामा अझै बढेर गएकाले सो नीति अवलम्बन गरी मुलुकलाई समाधान दिन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा काँग्रेसका कन्द्रीय सदस्य अजयकुमार चौरसिया, सांसद राजेन्द्रबहादुर अमात्यलगायतले संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नलिन काँग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो ।