झापा ।
झापाको लखनपुरमा उपराष्ट्रपति नन्दकिशोर पुन आउने भएपछि झापाको सुरक्षा ब्यवस्था कडा पार्न शुरु गरिएको छ ।
आइतवार लखनपुरस्थित आदिबासी रंगशालामा हेभन्लिपाथ नेपालले आयोजना गर्न लागेको दुःखहरण पूजामा सहभागि हुन उपराष्टपति पुन आउन लागेकाहुन् ।
पुन उपराष्टपति भएपछि पहिलोपटक झापा आउने भएकाहुन । शुक्रबार पुनको आगमनलाइ सहज बनाउन र सुरक्षा ब्यवस्था मिलाउने बिषयमा जिल्ला भरका प्रहरी कार्यालयका प्रमुख सहितको छलफल समेत भएको जनाइएको छ ।
बिशिष्ठ ब्याक्तिको भ्रमणले गर्दा केही दिनयता प्रहरीले यसकै तयारी गरेको बताइन्छ ।
दुःखहरण पूजाका लागि करिब ५० लाखभन्दा बढी खर्च हुने र यसको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजक हेभन्लिपाथ नेपालका अध्यक्ष वीवी राईका अनुसार ९५ प्रतिशतभन्दा बढी तयारी पुरा भएको छ । लखनपुरको आदिबासी रंगशाला भब्य रुपमा सिगारिएको छ भने यो देखेर स्थानीयहरु चकित भएकाछन् ।
करिब एक महिनाअघि देखि नै कार्यक्रमको तयारी शुरु भएको हो । हेभन्लिपाथभित्र एउटा गुटमा बिबाद रहेकाले पनि सुरक्षा चुनौती थपिएको जनाईन्छ । अग्रजीसालको नयाँ बर्षमा हरेक बर्ष हेभन्लि पाथ नेपालले दुखहरण पुजा गर्दै आएको छ । हिज होलीनेस मास्टर गड्यान्जलको उपस्थितिमा कार्यक्रम हुने बताइन्छ । सामाजिक सञ्जाल फेसबुकमा हेभेन्ली पाथका प्रवर्तक एवं प्रेमवादका दार्शनिक हिज होलीनेस मास्टर गड्यान्जल बिरुद्ध बिभिन्न अभिब्यक्तिहरु आएका थिए ।