Aamsanchar

नेपालमा यसरी सुरु भएको थियो मेलमिलाप, आज राष्ट्रिय मेलमिलाप दिवस

Author Image
शनिवार, पौष १६, २०७३

बहुभाषी, बहुसंस्कृती अनि बहुपहिचान भएको यो सानो तर सिङ्गो अनि पूर्ण देश नेपालमा विभिन्न जातजाती, धर्म, समूदाय, सम्प्रदाय अनि प्रजातीका मान्छेहरु नेपाली मनले बनेको एकसुत्रमा बाँधिएर बसेका छौं । यसरी धेरैभन्दा धेरै प्रकारका मान्छेहरु एकैठाउँमा यसरी मिलेर बसेको उदाहरणयुक्त देश हाम्रै हो । उदाहरणकोलागि नेपाली क्यालेन्डरलाई एकफेर नियालेर हेरौ न! एकवर्षमा कति प्रकारका चाडवाडहरु, विशेष अवसरहरु अनि दिवसहरु रहेकाछन त? नेपालीपन भनेको एउटा विविधता भित्रको एकता हो । यो एकता अनि सदासयता कायम गर्न हामी नेपालीहरुको एकअर्काप्रतिको सद्भाव, शान्त चरित्र, शालिन अभिव्यक्ति लगायत मेलमिलापको लामो इतिहास अनि वर्तमान आकांक्षा अत्यन्तै महत्वपूर्ण छ ।

आज यहि मेलमिलाप अनि सदासयताको राष्ट्रिय दिवस, हो ‘राष्ट्रिय मेलमिलाप दिवस’ ।

यूग नेता विपि कोईरालालाई काँग्रेसको राजनीति अनि एउटा पार्टीगत छवीबाट नहेरिकन स्वतन्त्र नेपाली वैचारीक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति वहाँको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । उनैद्वारा स्थापित यस सद्भावात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ । आज बिक्रम सम्बत् २०७३ सालको पौष १६ गते ४१ अाैं मेलमिलाप दिवस हो ।

इतिहास पल्ट्याएर हेर्ने हो भने तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए । राजनैतिक खिंचातानीले विकासको मूलबाटो विराएको आजको देश देख्दा मेलमिलापको अाजसम्मको ४१ वर्ष पुरानो नीति अझै सान्दर्भिक लाग्दछ ।

आज सम्पूर्ण राजनैतिक पार्टि, तिनका अनेक भगनी सङ्गठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वि.पी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दे राष्ट्रिय मेलमिलापमा वहाँहरुको योगदानको चर्चा गर्दछन् ।

सन् २०६२/६३ पछी पहिचानको एउटा दौड नै शुरु भएको छ । पहिचानको यस दौडमा हामीले हाम्रो सामूदायीक, धार्मीक, भाषीक तथा भौगोलिक पहिचानको पैरवी त गर्यौं तर नेपालीपनको सकल पहिचान कतै ओझेलमा परेको त हैन ? सोचनिय छ है…

राजनैतिक पार्टी, समूदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलिरहोस्, एकताको विगुल फुकोस, सबै नेपाली एक हौं । बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन । नेपालीपन त्यस्तै विशाल शक्ति हो जून सदैव नेपाली हुनुमा गर्व गर्ने ताकत प्रदान गर्दछ अनि यो भावना सर्वदा जिवित रहोस्, जिवन्त रहोस् । तराइलाई दुख्दा हिमालले सहयोग गरोस्, पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरुन् । नेपाल साँच्चै पनि एउटा स्वर्गको टुक्रा हो, मेलमिलाप र एकताको भावनाले यो अनूपम स्वर्गलाई अझै उज्यालो पार्नेछ । आजको दिनको सम्पूर्ण नेपालीमा शुभकामना !

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर