Aamsanchar

लागूऔषध मुद्दा खेपिरहेका शाहरुख खानका छोरा आर्यनलाई सफाइ

Author Image
शुक्रवार, जेठ १३, २०७९

लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनलाई उनले गलत काम नगरेको जनाउँदै लागूऔषध नियन्त्रण विभागले सफाइ दिएको छ ।

गएकाे अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागूऔषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागूऔषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जनाबाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।

सुरुमा विभागको मुम्बई कार्यालयले त्यस मुद्दाको अनुसन्धान गरेको थियो भने पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो ।

यसैबीच विभागले अन्य आरोपीविरुद्ध आज शुक्रवार मुद्दा दायर गरेको छ । गएकाे मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।एजेन्सी

Views: 451

प्रतिक्रिया (०)

सम्बन्धित खबर