Aamsanchar

श्रीमानले मलद्वारमा लौरो घुसाएर कुटपिट गरेकी श्रीमतीको मृत्यु

Author Image
मङ्गलवार, जेठ १७, २०७९

काठमाडौं – श्रीमानको कुटाइबाट घाइते भएकी चितवनकी गीता माझीको मृत्यु भएको छ।  माझीको गएराति ११:५० भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीकी गीता माझीको आफ्नै श्रीमान रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी  मलद्वारमा लौरो घुसाएर कुटपिट गरेका थिए। उनको मलद्वार र योनीको भाग च्यातिएको थियो।

सोमबार उनको अप्रेशन गरिएको भरतपुर अस्पतालका सर्जन डाक्टर दीपेन्द्र न्यौपानेले जानकारी दिए।  अप्रेशनपछि उनी आफै ट्वाइलेट जाने, हिँड्ने गर्न सक्ने भएकी थिइन्। तर उनको गएराति निधन भएको न्यौपानेले बताए।

श्रीमानको कुटाइबाट उनको देब्रे आँखामा पनि चोट लागेको थियो भने शरिरका विभिन्न भागमा निलडाम थिए। गीताका श्रीमान रामचन्द्र भने प्रहरीको हिरासतमा छन्। उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर