Aamsanchar

बिर्तामोडमा यामाहाको नयाँ बाइक सार्वजनिक

Author Image
बुधवार, जेठ १८, २०७९

बिर्तामोड । बहुप्रतीक्षित कम्पनी यामाहाले नयाँ बाइक एफजेडएक्स १५० आज (बुधबार) बाट बिर्तामोडमा पनि बिक्री सुरु गरेको छ । सो बाइक यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले बिर्तामोडमा बिक्री सुरुगरेको हो ।

आज सोरुमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बाइक सार्वजनिक गरेर बिक्री सुरु गरिएको थियो । कार्यक्रमा प्रमुख अतिथि विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र विषेश अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा बाइक सार्वजनिक गरेका थिए ।
कम्पनीका अनुसार एफजेडएक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जसमा एलसिडी मिटर र ब्लुटुथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइनका साथ निर्माण गरिएको छ ।

‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यो मोटरसाइकल विशेष गरी स्वतन्त्र, सहज र आरामदायी यात्रा रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको कम्पनीका एरिया सेल्स मेनेजर अस्विन बुढाथोकीले बताए ।

अल न्यू एफजेडएक्स १५० बाइक फ्युल–इन्जेक्टेड (एफआई) र भारत स्ट्यान्डर्ड ०६, एयरकुल्ड, १५० सीसी ब्लु कोर इन्जिन र ५ स्पिड गियर बक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिकतम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।

यो बाइकको मूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यससँगै कम्पनीले आफ्नो नयाँ स्किम ’रोड टु मोटो जिपी’ पनि सञ्चालन भइसकेको कम्पनीले जनाएको छ । यो स्किमअन्तर्गत यामाहाका कुनै पनि बाइक खरिद गर्ने चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्यान्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने सयपत्री ट्रेडलिंकका संचालक विनोद बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
5
+1
1
+1
1
+1
0
+1
3
+1
0
Views: 2703

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१