Aamsanchar

दुलहा विनै विवाह गर्दै एक भारतीय युवती

Author Image
शनिवार, जेठ २१, २०७९

नयाँ दिल्ली । केहीवर्ष यता आफैंसँग विवाह गरिने विवाह कार्यक्रम ‘सोलोगामी’को चलन पश्चिमा जगतमा बढिरहेको छ । अब यही चलन भारतीय तटीय क्षेत्रसम्म आइपुगेको छ । पश्चिमी भारतीय राज्य गुजरातको वदोदरास्थित एउटा मन्दिरमा आगामी ११ जुनको साँझ आयोजना हुने एक परम्परागत हिन्दु कार्यक्रममा ‘क्षमा विन्दु’ नामक युवती सरिक हुनेछिन् ।

हातमा मेहन्दी र सिउँदोमा सिन्दुर लगाएर दुलहीको पहिरनमा उनले पवित्र अग्निकुण्ड वरपर सात फेरा लगाउन लागेको कुरा मलाई फोन गरेर भन्छिन् ।

त्यसको एकदिन अघि परम्परा अनुसार नै अन्य संस्कार जस्तै दुलहीको शरीरमा तेल र वेसार मिसाएर लगाइने (हल्दी) र नाचगान कार्यक्रम हुनेछन् । विवाहपछि उनी मधुमास मनाउन दुई साताका लागि गोवा पुग्नेछिन् । तर, सम्पूर्ण उत्सवमा ‘दुलहा’को भने कतै पनि उपस्थिति हुने छैन । किनभने विन्दुले आफैंसँग विवाह गर्दैछिन् । सम्भवत यो भारतको पहिलो सोलोगामी घटना हुनेछ ।

समाजशास्त्रका छात्रा तथा २४ वर्षिया व्लगर विन्दु भन्छिन्, “धेरैले म निकै महत्वपूर्ण रहेको बताउँछन् । मैले तिनीहरूलाई आफैंसँग विवाह गरेर मैले मेरै हात थाम्न लागेको हुँ । मैले जीवन स्व–प्रेममा समर्पण गर्नेछु । मैले वास्तवमा मेरा सबै शारीरिक तथा मानसिक वा भावनात्मक कमजोरी स्वीकार्दैछु भनेर देखाउनेछु ।”

विन्दुको यस्तो निर्णयप्रति कुनै विरोध नजनाएका उनको परिवारलगायत उनका साथीभाइ यस ऐतिहासिक विवाह कार्यक्रममा सरिक हुँदैछन् ।

झण्डै २० वर्ष अघि अमेरिकामा आफैंसँग विवाह गर्ने अनौठो चलनको चर्चा चलेको थियो । अत्यन्तै लोकप्रिय अमेरिकी सिरिज ‘सेक्स एन्ड दि सिटी’का पात्र क्यारी ब्राएडसले यस प्रसंगलाई पहिलो पटक उठाएका थिए । तर, त्यो कार्यक्रम कमेडी ड्रामा मात्रै थियो । त्यसयता सयौं मानिस, त्यसमा पनि विशेषगरी एकल महिलाले यसरी विवाह गरिसकेका छन् । बीबीसी

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर