Aamsanchar

जिउँदो माछा घाँटीमा अड्किएपछि….

Author Image
शनिवार, जेठ २१, २०७९

काठमाडौं – थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको  फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन् । माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए । श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए । एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिएको थियो । ‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने,  ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’

Views: 525

प्रतिक्रिया (०)

सम्बन्धित खबर