काठमाडौं,
सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal नामको पेज खोली ठगी गर्ने चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।
सो पेजमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईन मार्फत बिक्रीमा राखी कोही कसैले खरीद गर्न चाहेमा आफुलाई सम्पर्क गर्न अनुरोध गरी सामानहरु खरीद गर्नको लागि ईच्छुक व्यक्तिहरुले निजलाई सम्पर्क गरे पश्चात निजले आफ्नो बैंक खातामा सामानहरुको मुल्य बराबरको रकम जम्मा गर्न लगाई २४ घण्टा भित्र सामान दिने भन्ने झुठो आश्वा्सन दिई आफ्नो खातामा पैसा दाखिला भई सके पश्चात सामान उपलब्ध नगराई ठगी गर्ने गरेको खुल्न आएको छ ।

यस सम्वन्धमा प्रहरीले आवश्क अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच डलर देखाई झुक्याई ठगी गर्ने सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
नारायण वहादुर र सोही स्थान वस्ने २३ बर्षीय सरोज भण्डारीले लमजुङ्ग बेशीसहर घर भई काठमाण्डौ बसुन्धरा बस्ने २८ वर्षीया मिनमाया तामाङ्गलाई पटक पटक फोन गरी आफुसंग अमेरिकन डलर १९ हजार छ, सो रकम नेपाली १० लाख पाएमा दिन्छु भनि प्रलोभनमा पारी पुस १७ गते ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को खरिवोट वोलाई अमेरिकन डलर ५० को ३ वटा नोट छेउ छेउमा र अमेरिकन डलर १ को २८८ वटा नोटहरु विच विचमा राखी जम्मा ४३८ डलरको विटो वनाई रुमालमा पोको पारी १९ हजार डलर छ भनि झुक्याई महिला मिनमाया तामाङ्गवाट जम्मा १० लाख रुपैयाँ लिई दुवै जनाले ५÷५ लाख वाँडी सरोज भण्डारी उक्त रकम लिई तत्कालै सो स्थानबाट भागी गएको र लक्ष्य भन्ने नारायण बहादुर भण्डारीलाई सोही स्थानबाट निजै महिलाले दिएको ५ लाख रुपैयाँ र महिलालाई डलर दिंदै गर्दाको अवस्थामा अमेरिकन डलर ४३८ सहित प्रहरीले पक्राउ गरेको थियो ।
साथै लक्ष्य भन्ने नारायण बहादुर भण्डारी समेतलाई यस भन्दा पहिले पनि अवैध रुपमा अमेरिकन डलर कारोवार गर्ने गरेको वारदातमा संलग्न रहेको कसुरमा अमेरिकन डलर ३ सय ४० सहित २०७२ भदौ २५ गते पक्राउमा परी केही सार्वजानिकम मुद्धामा समेतमा अनुसन्धान भई अमेरिकन डलर सहित विदेशी विनिमय गर्ने ऐन २०१९ बमोजिम कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुर पठाईएको छ ।

