Aamsanchar

झापाका राजनीतिक दलका उच्च नेता पनि विद्युत चोरीमा सम्लग्न

Author Image
बिहिवार, पौष २१, २०७३

(सुरेन्द्र भण्डारी )
सुरुङ्गा (झापा) ।bidutiya-saman

सरकारले विद्युत चोरीमा संलग्नलाई कारबार्ही अभियान तीब्र बनाई रहेका बेला झापामा राजनीतिक दलका उच्च तहका नेता, भातृ संगठनका जिम्मेवार व्यक्ति नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ ।
प्राधिकरणका एक कर्मचारीका अनुसार चोरी नियन्त्रण अभियानलाई तीव्रता दिदा राजनीतिक दलका उच्च नेता तथा भातृ संगठनका अध्यक्षहरुले नै विद्युत चोरी गर्ने गरेको पाइएको हो । नाम नवताउने सर्तमा ति कर्मचारीले भने– झापाका राजनीतिक दलका जिल्ला तहका नेता र भातृ संगठनका पदाधिकारी नै विद्युत चोरीमा सम्लग्न रहेछन् । ‘उर्जा मन्त्रालयको निर्देशन अनुसार चोरीमा सम्लग्नहरुलाई हामीले विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरेका छौ’ं उनले भने – विद्युत चोर्ने जो कोहीलाई विद्युत खपतको अवस्था हेरेर तीन हजारदेखि दुईलाख पाँच हजार रुपैयाँसम्म प्राधिकरणले जरिवाना गरेको छ । शिक्षित र राजनीतिक पहुँच भएका व्यक्ति नै विद्युत चोरीमा सम्लग्न रहेको पाँउदा प्राधिकरण नै आश्र्चयमा परेको छ ति कर्मचारी बताउँछन् ।
यसैबीच नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न तीन महिलासहित २३ जनालाई वुधवार राति विद्युतीय उपकरण सहित वुधवार राति पक्रउ गरेको छ ।15697427_1307090689361172_3556994202074925567_n
प्राधिकरणका इन्जिनियरद्वय धिरेन्द्र वजगाई, छत्रपति भण्डारी र सुपरभाइजर सहितको टोलीले विद्युत चोरीमा सम्लग्न शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका स्थानीयवासीलाई पक्राउ गरेको थियो । विद्युत प्रशारण लाइनमा हुकिङ गरेर मोटर चलाइरहेको अवस्था र घरमा जोडिएको मिटरबाट विद्युत वाईपास गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिहंले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्ज पावरका दुई÷दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र विद्युत मिटर वाइपार गरेर विद्युत चोरी गरिरहेको अवस्थामा घरमा जडित केही थान मिटरसमेत बरामद गरेको केन्द्र प्रमुख सिंहले बताउनुुभयो ।14724639_1223383787731863_5918614037682900832_n
विद्युत चोरीमा सम्लग्न भएकै अवस्थामा पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ । रातको समयमा विद्युत चोरी गरी मकै र गहुँमा सिँचाई गर्दा गर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत चोरीमा सम्लग्न १०७ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
यस अघि विद्युत चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनावारीका एक व्यक्तिलाई दुईलाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले बताउनुभयो ।

Views: 152

प्रतिक्रिया (०)