Aamsanchar

फेसबुकमा केटीहरु पति भएको उल्लेख गर्छन्, केटाहरु पत्नी भएको उल्लेख गर्दैनन्

Author Image
बिहिवार, जेठ २०, २०७३

fb

फेसबुकमा प्रयोग गरिने शब्दहरुबारे गएिको एक अध्ययनले महिला तथा पुरुषहरुले आफूलाई भिन्नभिन्न रुपमा प्रस्तुत गर्ने गरेको देखाएको छ। अहिलेको फेसबुकको समस्या भनेको सूचना नहुनु होइन व्यक्तिका बारेमा धैरै सूचित गराउनु हो।

हामीले जब आफूलाई प्रस्तुत गर्न फेसबुकलाई प्रयोग गर्छौ तब अनुसन्धानकर्ताहरुले त्यही डाटाको आधारमा हामी वास्तवमै को हौं भन्ने पत्ता लगाइहाल्छन्।

दि युनिर्भसीटी अफ मेलबर्न तथा अन्यत्रका अनुसन्धानकर्ताहरुले हालै गरेको एक नयाँ अध्ययनमा उनीहरुले महिला र पुरुषहरुले फेसबुकमा कसरी भिन्न भिन्न शब्दको प्रयोग गर्छन् भन्ने परीक्षण गरेका थिए।

यसले एक रमाइलो र आशलाग्दो तस्विर देखाएको छ। ‘महिलाहरु गरम बनाउने किसिमका हुन्छन् तर पुरुषहरु भन्दा आत्मविश्वासमा कम हुँदैनन्’, अध्ययन निष्कर्षमा भनिएको छ।

यो अध्ययनले एउटा रोचक तथ्य के देखाएको छ भने केटीहरु प्रायः श्रीमान् भएको सूचना फेसबुकको फ्रोबाइलमा उल्लेख गर्छन्। केटाहरु भने श्रीमती भएको सूचना फेसबुकमा खुलाउँदैनन्।

अर्को रोचक पक्ष के देखिएको छ भने केटाहरुले आफ्नो प्रेमीका वा श्रीमतीको नामै फेसबुकमा उल्लेख गरिदिन्छन्। केटीहरुको वैवाहिक स्ट्याटसमा पुरुषको नाम थोरैले मात्र उल्लेख गर्ने गरेको पाइएको छ। कोही कोहीले आफ्नो श्रीमानबारे अक्सर लेखिरहन्छन्।

अध्ययनको अर्को निष्कर्ष के पनि छ भने महिलाहरुले आत्मपहिचानको लागि प्रयोग गर्न शब्दहरु विषेशगरी न्याना, आत्मिय र सम्मानजनक हुनेगर्छन्। पुरुषहरुले प्रयोग गर्ने शब्दहरु भड्किला र समाजबाट टाढिएका हुने गरेको देखिएको छ। केटाहरु एकै विषयमा धेरै पटक कसम खाने र तत्काल उत्तेजित प्रतिक्रिया दिन अगाडि देखिएका छन्।

केटीहरुले भने आफ्नो प्रतिक्रियालाई सालिन ढंगले प्रस्तुत गर्ने गरेको पाइएको छ। अनुसन्धानले त्यसरी उत्तेजित भएर धेरै कसम खाने केटाहरु महिलाहरुलाई भिन्न तरीकाले हेराइ राख्ने गरेको औंल्याएको छ।

महिलाहरुले प्रयोग गर्ने शब्दहरु पुरुषहरुको तुलनामा बढी आत्मविश्वासा हुने देखिएको छ। अनुसन्धानमा ६८,२२८ जना फेसबुक प्रयोगकर्ताहरु सहभागी भएका थिए। इन्टरनेट समाजमा फेसबुक एउटा विशाल सामाजिक मञ्च हो। यहाँ मान्छेहरु आफूलाई आफ्ना भर्चुवल साथी माझ फरक देखिन, विशेष देखिनका लागि भिन्न रुपमा देखाउन सधैँ उत्साही हुन्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर