Aamsanchar

बेहुली लिन बेहुला साइकलमा सरर

Author Image
मङ्गलवार, असार ७, २०७९

तनहुँ । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् ।

तर बिहीबार तनहुँको व्यास नगरपालिका १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा ।

बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने, ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ ।’

सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् ।

‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।’

अनलाइन खबरबाट साभार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)