
बिर्तामोड । झापा विर्तामोड–७ का एक किशोर वेपत्ता भएका छन् ।
गंगाप्रसाद शिवाकोटीको नाती १५ बर्षे विदान शिवाकोटी आज विहान ९ बजे टिउसन पढेर फर्किने क्रममा वेपत्ता भएको परिवारले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।
गहुगोरो वर्णको, सेतो सर्ट, निलो पेन्ट लगाएको ५ फिट उचाई भएको लेडिज साईकल लिएर टिउसन पढन गएका किशोर वेपक्ता भएपछि उनको परिवारले प्रहरी र सबैमा खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि कञ्चनजंघा बोडिङ स्कुल बिर्तामोडका विद्यार्थी हुन् । उनले चलाउने गरेको साईकल भने बुट्टाबारी चोकमा चावी नलाएको अबस्थामा फेला परेको छ ।



Views: 85


