Aamsanchar

भारतमा थप १९ हजार जनामा काेराेना संक्रमण

Author Image
शनिवार, असार २५, २०७९

काठमाडौं – भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।  भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् । सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।–एएनआई

Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर