नेपालमा पछिल्लो पटक चीनविरोधी गतिविध बढेको भन्दै बेइजिङले चिन्ता व्यक्त गरिरहेका बेला उनी नेपाल भ्रमणमा आएका हुन्।
चीनले चिरा परेको कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गराउनका लागि दूतको रुपमा जियान्चाओलाई नेपाल पठाएको छ। आम निर्वाचनसम्म कम्युनिस्ट पार्टीहरुलाई एकता गराउने विषयमा समेत उनले छलफल गर्ने स्रोतले बताएको छ।
काठमाडौं आएलगत्तै उनी आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देश हितको विषयमा छलफल भएको थियो।
त्यस्तै सीपीसी नेता जियान्चाओले प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निम्तो दिएका थिए। त्यसपछि नेपाली कांग्रेसले जियान्चाओको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो।
नेपाल भ्रमणमा रहेका जियान्चाओले आज विहान सुन्दरीजलस्थि बीपी संग्राहलयको भ्रमण गरेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 101