Aamsanchar

मेची आँखा अस्पतालको रजत बर्ष समापन, संस्थापक समितिका चार जनासहित दर्जनौं सम्मानित

Author Image
शुक्रवार, असार ३१, २०७९

बिर्तामोड । झापा बिर्तामोडमा रहेको पूर्वकै ठुलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५ औं बर्ष पुरा भएकोे अवसरमा रजत बर्ष समापन गरिएको छ ।

आज (शुक्रबार) अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत बर्ष समापन समारोहमा संस्थापक संचालक समितिका चार जना र दाता संस्थाका एक जनालाई विशेष सम्मान गरेको छ । कार्यक्रममा स्थापना कालमा समितितिमा रहेर काम गरेकाहरु मध्ये उपस्थित चार जनालाई सम्मान गरेको हो । भरतलाल गिरी, दिनेश मित्तल, चण्डीराज पराजुली, भिमबहादुर गुरुङलाई सम्मान गरिएको हो । उनिहरुलाई कार्यक्रमका विशेष अतिथि वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले सम्मान गरेका थिए । त्यस्तै अस्पतालको सहयोगी संस्थाका अनिल गोर्खालीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा सेवा निवृत, वर्तमान कार्यरत उत्कृष्ट दर्जनौ कर्मचारी र सहयोगी सामाजिक संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

विगत २५ बर्ष अघी सामान्य रुपमा लायन्स क्लव संगको सहकार्यमा विर्तामोड स्थित कृषिथोक बजारमा आँखा सिविर कार्यक्रम आयोजना गरेपछि क्रमस् मेची आई केयर हुदै हाल सुविधा सम्पन्न मेची आँखा अस्पताल बनेको हो ।

मेची आँखा अस्पतालले हाल सम्ममा २९ लाख १४ हजार ४३० वटा अप्रेशन गरेको छ । जसमा ३ लाख ३४ हजार ७०८ वटा सर्जिकल अप्रेशन सफलता पूर्वक सम्पन्न गरेको छ । अस्पतालले विभिन्न स्थानमा प्रार्थमिक उपचार केन्द्र पनि संचालन गर्दै आएको छ । झापाको राजगढ, वनियानी, दमक, गौरादह, भद्रपुर र सुरुंगामा प्रार्थमिक उपचार केन्द्र रहेको छ । त्यस्तै पाँचथर अस्पताल र वेलका नगरपालिकामा पनि प्रार्थमिक उपचार केन्द्र रहेको छ । अस्पतालको तर्फबाट हाल सम्म १ हजार १६५ पटक आँखा शिविर संचालन, शिविरबाट २ लाख २५ हजार भन्दा धेरै सल्यक्रिया गरिएको छ । शिविरबाट २६ लाख जनाले सेवा लिएको र ८ हजार जनालाई निशुल्क चस्मा वितरण गरिएको अस्पतालका मेडिकल डाईरेक्टर पुरुषोतम जोशीले औचित्यमाथी प्रकास पार्दै बताए ।

मेची अस्पतालका संचालक समिति अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुरेश वंशलले स्वागत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा विर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईंको उपस्थिती नभएपछि कार्यक्रमको उद्घाटन वेलकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए । कार्यक्रमको संचालन सचिव गणेश पोखरेलले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)

सम्बन्धित खबर