Aamsanchar

जोनसनको सरकारले पायो विश्वासको मत

Author Image
मङ्गलवार, साउन ३, २०७९

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल राजीनामा गरेर काम चलाउ सरकार बनाउनु पर्ने दबाव विपक्षी लेबर पार्टीले दिएपछि सरकारले विश्वासको मत लिएको हो ।

आगामी सेप्टेम्बरसम्ममा सत्तारूढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्रीको उम्मेदवार चयन गरेपछि वर्तमान प्रधानमन्त्री जोनसनले पदत्याग गर्नुहुने भएकाे छ । प्रधानमन्त्रीको उम्मेदवार चयनका लागि आकांक्षीहरूबीच मतदान गर्ने क्रम अहिले चलिरहेको छ । जस अनुसार तेस्रो चरणसम्मको मतदानबाट पूर्व अर्थमन्त्री ऋषि सुनक सबै भन्दा अगाडि रहेका छन्

Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर