Aamsanchar

उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु, १६ घाइते

Author Image
बिहिवार, साउन ५, २०७९

उत्तर प्रदेश-  भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।  भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर मृत्यु हुनेको परिवारको लागि ४/४ लाख राहत दिने घोषणा गरेका छन्।

राहत आयुक्त कार्यालयको अनुसार बांदामा चट्याङ लाग्नाले चार, फतेहपुरमा २ र बलरामपुर, चंदौली, बुलंदसहर, रायबरेली, अमेठी, कौशांबी, सुलतानपुर र चित्रकुट जिल्लामा एक-एकजनाको मृत्यु भएको हो। बीबीसी

Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर