Aamsanchar

विर्तामोडको इडन गार्डेनले कम्प्युटर साईन्स र बिजनेस स्टडीज पढाउने

Author Image
आइतवार, साउन ८, २०७९

बिर्तामोड । झापा बिर्तामोड ४ मा रहेको पुरानो स्कुल इडेन गार्डेनले यस बर्ष देखि कक्षा ११ सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषय अध्यापन गराउने भएको हो ।
यस बर्स देखि कक्षा ११ सुरु गरिएको छ आगामी वर्षमा कक्षा १२ हदै ब्याचरलमा सम्म पठनपाठन गराइने विद्यालयका सहप्रधानाध्यापक खेमराज शर्मा आचार्यले बताए ।

विद्यालयले नियमित पठन पाठन बाहेक विद्यार्थीलाई विभिन्न शिप र ज्ञान दिने योजना अनुसार वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई बोलाएर व्यवहारिक अनुभवको बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने, भ्याट बिल काट्न देखि बिजनेस गर्दा गरिने दैनिक कार्यहरूको बारेमा अतिरिक्त शिप प्रदान गर्ने, विद्यार्थीहरूलाई कक्षा १२ पछि विदेश पढ्न जानुपर्दा हासिल गर्नुपर्ने ज्ञानहरू दिएर आत्म निर्भर बनाउने जस्ता शैक्षिक कार्यक्रमहरूको कार्यसूची तयार पारिएको विद्यालयका शिक्षक प्रकाश पाण्डेले जानकारी दिए ।

कक्षा ११ मा दुईसय सिट रहेको र भर्ना हुने मध्येबाट एकजनालाई विद्यालयले १ थान ल्यापटप प्रदान गर्ने भएको छ ।

२०४५ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १० सम्म ६ सय जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । ३० जना दक्ष शिक्षकहरूले अध्यापन गराई रहेको विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर