Aamsanchar

बिर्तामोड नगरको नजर अपाङ्गता भएका व्यक्तिहरू तर्फ पनि  

Author Image
आइतवार, साउन ८, २०७९

बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र बेल्ट वितरण गरेको हो ।

सामाग्री पाउनेहरूमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरि जम्मा ३० जना रहेका छन् । उनीहरूलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यमुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामाग्री हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईँले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको बताउनु भयो । यस प्रकारका सामाग्रीले दैनिक जीवनयापनमा केही सहयोग पुग्ने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्घता जनाउनु भयो ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले वितरण गरिएका सामाग्रीहरूको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन नगरपालिका सँधै तत्पर रहेको धारणा राख्नु भयो ।

स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)