Aamsanchar

गुजरातमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु

Author Image
मङ्गलवार, साउन १०, २०७९

काठमाडौं : भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।

गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।

मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर