Aamsanchar

कङ्गोमा राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप : १५ जनाकाे मृत्यु , ५० घाइते

Author Image
बुधवार, साउन ११, २०७९

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् । ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।

गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ ।

कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।

प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।

Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर