Aamsanchar

बलिउड अभिनेता चतुर्वेदीको निधन

Author Image
बिहिवार, साउन १९, २०७९

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको ६८ वर्षको उमेर निधन भएको छ। केही दिनअघि मात्र हृदयघातका कारण अस्पताल भर्ना भएका चतुर्वेदीको बुधबार साँझ निधन भएको हो।

‘गदरः एक प्रेम कथा’, ‘सत्या’, ‘कृष’, ‘अशोका’, ‘बन्टी और बबली’ जस्ता दर्जनौँ सफल फिल्ममा अभिनय गरेका चतुर्वेदीले लामो समयदेखि मुटुसम्बन्धी रोगसँग लड्दै आएका थिए।

हृतिक रोशन अभिनित कोही मिल गया, सलमान खानको रेडी जस्ता फिल्ममा चतुर्वेदीले गरेको अभिनयको धेरैले तारिफ गर्ने गर्छन्।

लामो समयको अन्तरालपछि चतुर्वेदीले ‘टल्ली जोडी’ नामक वेब सिरिजमा हस्ताक्षर गरेका थिए। तर, उक्त वेब सिरिज सुरु भने हुन पाएको थिएन। चतुर्वेदीको असामयिक निधनले बलिउड यतिवेला शोकमा छ।

Views: 447

प्रतिक्रिया (०)

सम्बन्धित खबर