Aamsanchar

निःशुल्क कृतिम हातखुट्टा वितरण शिबिर आयोजना हुँदै, आवश्यक पर्नेले सम्पर्क राख्न आग्रह

Author Image
शुक्रवार, साउन २०, २०७९

फायल तस्बिर


झापा : मारवाडी युवा मञ्च सिलिगुडीको आयोजनामा कृतिम हातखुट्टा बितरण सिबिर आयोजना हुने भएको छ । शिबिर यही भदौ ४ गते देखि ७ गतेसम्म आयोजना हुने बिर्तामोडका एक व्यवसायी  प्रवीण अग्रवालले जानकारी दिएका छन्  । भारतको सिलिगुडीमा हुने यो शिबिरको लाभ नेपाल र भारत दुवै देशका मानिसहरुले लिन सक्नेछन् ।
विविध कारणले खुट्टा गुमाए दुःखकासाथ जीवन बिताइरहेकाहरुका लागि जीवनमा रुपान्तरण ल्याउने कोसिस अनुरुप कार्यक्रम आयोजना गरिएको  सिलिगुडी साखाका अध्यक्ष मनिष बजाजले जानकारी दिएका छन्  ।
नेपालबाट बिरामी र साथमा आउने १ जना कुरुवालाई समेत यहाँ निशुल्क खाने, बस्ने र सुत्ने बेवस्था  गरिएको जानकारी कार्यक्रम आयोजक आदर्श कन्दोईले जानकारी दिएका छन् । भदौ ४ गते देखि हुने सिबिरमा नेपाल र भारतका धेरै मानिसले जीवनमा सहजता पाउने छन् भन्ने बिश्वास लिएको सिलिगुडी शाखा मारवाडी युवा मञ्च सदस्यले बताएका छन्  ।
कृतिम हात खुट्टा चाहिने ब्यक्तीले भदौ १ गते सम्म आफ्नो नाम दर्ता गराईसक्नुपर्ने हुन्छ  । नेपालका लागि यज्ञ राज अग्रवाललाई ९८०४९४९४४९ मा सम्पर्क गर्न सकिने छ । भारत का लागि मनिष बजाज ००९१९७३३००२२००, प्रवीण अग्रवाल ००९१९३३९०३२५४९ , आदर्श कन्दोई ००९१५३१७४१८३० मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
5
+1
0
+1
0
+1
0
Views: 619

प्रतिक्रिया (०)

सम्बन्धित खबर