

भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन्।

उनको राजीनामापश्चात् भारतीय जनता पार्टीले नितिशले विहारका जनता र बीजेपीलाई धोका दिएको प्रतिक्रिया दिएको छ। विहार बीजेपीका अध्यक्ष सन्जय जायसवाले पटनामा एक पत्रकार सम्मेलनमा नितिशको यो कदमलाई विहारका जनताले नसहने बताए।
Views: 150

