Aamsanchar

विश्वप्रसिद्ध साहित्यकार सलमानमाथि आक्रमण

Author Image
शनिवार, साउन २८, २०७९

काठमाडौं – विश्वप्रसिद्ध साहित्यकार सलमान रुस्दीमाथि आक्रमण भएको छ। अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा रुस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा लागेको न्युयोर्क प्रहरीलाई उद्धृत गरी एपीले जनाएको छ।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। भेन्टिलेटरमा उपचार चलिरहेका उनको बोल्न नसक्ने अवस्था रहेको बताइएको छ।

प्रहरीले आक्रमणकारी २४ वर्षीय हादी माटरलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। आक्रमणको कारण स्पष्ट नभएको राज्यका प्रहरी मेजर युजिन स्टानिस्जेस्कीले बताए।

भारतमा जन्मिएका रुस्दी सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’ कृतिबाट चर्चित भएका थिए। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत भएका थिए।

पुस्तक छापिएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रूहोल्लाह खोमिनीले रूस्दीको हत्या गर्न आह्वान गरेका थिए।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर