Aamsanchar

एक नेपालीको यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु

Author Image
शुक्रवार, भदौ ३, २०७९

काठमाडौं – गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको छ। दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा  यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको टाउकोमा रगत जमेको (ब्रेन हुम्ब्रेज) कारण उपचार कठिन भएको बताएका थिए।यता, नेपाली दूतावास आवुधावीले मृतक गुरुङको शव आवश्यक कानुनी प्रकृया पुरा गरी तत्काल नेपाल पठाउन लागेको दूतावसका द्धितिय सचिव भुवन ओझाले जानकारी दिए। मृतकका श्रीमती सहित ५ वर्षीय छोरा काठमाडौंमा बस्दै आएका छन्।

Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर