झापा ।
नेकपा माओवादी (विप्लव समूह) ले शुक्रबार आह्वान गरेको बन्दको प्रभाव झापासहित पूर्वी नेपालमा बिहानैदेखि परेको छ ।
बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।
माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 180