

मलेसिया – मलेसियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।

मंगलबार नजिबको विश्वासको उल्लंघन, अवैध धनलाई सेतो बनाउने, करोडौं डलरको भ्रष्टाचार र शक्तिको दुरुपयोग जस्ता आरोपलाई उल्टाउने प्रयासलाई संघीय अदालतले अस्वीकार गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

सरकारी कोष (वानएमडीबी) घोटालाको आरोपमा उनलाई जुलाई २०२० मा दोषी ठहर गरिएको थियो । तर, पुनरावेदन गर्दा उनी जमानतमा छुटेका थिए ।

सर्वोच्च अदालतले उनको ढिलो सजाय गर्न गरिएको अनुरोधलाई पनि अस्वीकार गरेको छ । ६९ वर्षीय नजिबमाथि राज्यको स्वामित्वमा रहेको सम्पत्ति घोटालासँग सम्बन्धित आरोप थियो ।
सन् २०२० मा नै एक अदालतले उनलाई सात वटा मुद्दाहरूमा दोषी पाएको थियो । उनलाई १२ वर्षको जेल र ४६.८ मिलियन डलर जरिवानाको सजाय सुनाइएको हो ।
Views: 322

