Aamsanchar

ज्याला नपाएको विरोधमा उत्रिएका आप्रवासी कामदारलाई कतारद्वारा देश निकाला

Author Image
बुधवार, भदौ ८, २०७९

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।

लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन् । कतारको सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’  तोडेको बताएको छ ।सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण थालिएको थियो । कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ । कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ ।

Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर