Aamsanchar

इराकमा हिंसात्मक प्रदर्शन, कम्तीमा २० जनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ १४, २०७९

काठमाडौं : इराकमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २० जनाको मृत्यु भएको छ। एक सयभन्दा बढी मानिस घाइते भएका छन्। राजधानी बगदादस्थित ग्रिन जोनमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कयौँ मानिस हताहत भएको अधिकारीहरुले जनाएका छन्। इराकका एक शक्तिशाली शिया धर्मगुरु मुक्तदा अल सदरले राजनीतिक जीवन त्याग्ने घोषणापछि भएको प्रदर्शन हिंसामा परिणत भएको हो।

अल सदरका समर्थकहरु प्रदर्शनमा निस्किएपछि इरान समर्थित सर्वसाधारणसँग झडपसमेत भएको छ । झडप रोक्न प्रहरीले गोली प्रहार गरेको जनाइएको छ। प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा समेत छिरेको र विभिन्न सरकारी कार्यालयहरु घेरा हालेको अधिकारीहरुले जनाएका छन्।

हिंसात्मक प्रदर्शन बढेपछि विभिन्न देशले आफ्ना नागरिकको उद्धार सुरु गरेका छन् । कतिपय देशले नागरिकलाई देश छोड्न र कतिपयले दूतावासमा सम्पर्क गर्न अपिल गरेको जनाइएको छ।

इराकमा केही वर्ष यता सुरु भएको राजनीतिक तनावका बीच धर्मगुरुले राजनीतिबाट सन्यास लिने घोषणा गरेसँगै प्रदर्शन चर्किएको हो। प्रदर्शन नियन्त्रणका लागि राजधानीमा कर्फ्यु जारी गरिएको छ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर