Aamsanchar

टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गर्ने समुह पक्राउ

Author Image
सोमवार, भदौ २०, २०७९

काठमाडौं –  टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाइ टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको प्रहरीले बताएको छ । यसरी चोरी गर्दै मोटरसाइकलका पाटपूर्जा निकालेर बिक्री गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल चोरीको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का निसान सापकोटा, ग्यारेज सन्चालक रामचन्द्र रावल र मोटर साइकलको पाटपूर्जा खरिद गर्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ का पुष्कर काफ्ले पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मोटसाइकलको पाटपूर्जा खोलेर बाकी रहेको इन्जिन र च्यासिसको नम्बर लेखिएको भागलाई लेथ मेसिनले टुक्रा गरी बाँकी सामान कवाडीलाई बेच्ने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर