Aamsanchar

पल शाहलाई बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्ष कैद सजाय, १० लाख क्षतिपूर्ति दिन आदेश

Author Image
मङ्गलवार, भदौ २१, २०७९

पोखरा – नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे खुई वर्ष थुनामा राख्न आदेश दिएको छ ।

त्यसबाहेक २५ हजार जरिबाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन आदेश भएको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए ।

शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । नाबालक किशोरीका बुवाले दायर गरेको जाहेरीमाथि न्यायाधीश आचार्यले मंगलबार सुनुवाइ गर्दै जबर्जस्ती करणी नभई बालयौन दुरुपयोग भएको फैसला गरेका हुन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गरी मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग गरेको थियो ।

कानुनको सो दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ‘३’ को ‘ग’ अनुसार सजाय माग गरिएको थियो । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर