Aamsanchar

बेलायतको नयाँ राजा बने चार्ल्स

Author Image
शुक्रवार, भदौ २४, २०७९

काठमाडौं :   बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स  त्यहाँको राजा बनेका छन्।

७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए।

उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन्।

बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो।

उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर