Aamsanchar

डुंगा डुब्दा १४ जनाको मृत्यु

Author Image
शुक्रवार, भदौ २४, २०७९

उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुंगा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा २६ जना बेपत्ता भएका छन्। माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुंगा कोटिजुबा टापुको सामुद्रक तट साउदादेमा डुबेको थियो।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो।

अग्निनियन्त्रकहरूले गोताखोर, नौ वटा डुंगा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए।

Views: 1134

प्रतिक्रिया (०)

सम्बन्धित खबर