Aamsanchar

मुगुमा मेला हेर्न गएकी १६ वर्षीया बालिकामाथि मध्यरातमा सामूहिक बलात्कार

Author Image
बुधवार, भदौ २९, २०७९

मुगु – मुगुमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। गाउँमा मेला हेर्न गएकी १६ वर्षीया बालिकामाथि मध्यरातमा बलात्कार भएको हो।बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। छायाँनाथ रारा नगरपालिकाको १३ लुमा गाउँ नजिकै बालिकामाथि बलात्कार भएको हो। प्रहरीका अनुसार यही भदौ २३ गते गाउँमा मेला लागेको थियो। सोही मेला हेरेर फर्कने क्रममा बालिका सामुहिक बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। पीडितका आफन्तले २४ गते मात्र प्रहरीमा जोहेरी दिएपछि घटना बाहिर आएको हो।प्रहरीका अनुसार गाउँ नजिकै लागेको मेला हेरेर ती बालिका घर फर्कदै थिइन्। रातको समयमा बलात्कार भएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा प्रहरीले छाँयानाथ रारा नगरपालिका—४ का २१ वर्षीय श्रृष्ट महतरा र एक १३ वर्षीय बालकलाई प्रहरीले २४ गते उनीहरूकै घरबाट पक्राउ गरेको हो।अर्का आरोपित कालिकोटको सान्नीत्रिवेणी घर भई हाल छाँयानाथरारा नगरपालिका—१४ स्थित चंखेली रेस्टुरेण्टमा काम गर्दै आएका १८ वर्षीय बालकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते जिल्ला अस्पातलमा भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर