Aamsanchar

निर्माणाधीन भवनको लिफ्ट चुँडिदा ७ जनाको मृत्यु, एक घाइते

Author Image
बुधवार, भदौ २९, २०७९

काठमाडौं – भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको ज्यान गएको छ । अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४१ मिटर उचाइबाट मजदुर खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्नुभएको छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर