

काठमाडौं – संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ । आज बिहान साढे ४ बजे उनको निधन भएको हो ।काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।

आज पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार उनको अन्तिम संस्कार गरिने संगीतकार लक्ष्मण शेषले जानकारी दिए ।

५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायकगायिकासँग काम गरेका थिए ।


सुनामले नेपाली सेनामा पनि लामो समय काम गरेका थिए । उनी नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए ।
Views: 465

