Aamsanchar

तनहुँ सेवा समाज युएईको अध्यक्षमा कार्की

Author Image
मङ्गलवार, असोज ४, २०७९

‘हाम्रो तनहुँ, हाम्रो सान सेवा र सहकार्यको अभियान’ भन्ने मूल नारा सहित  स्थापना भएको ‘तनहुँ सेवा समाज युएइ’ को हिजो  तेश्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाका संरक्षक दीपक खड्काको प्रमुख आथित्यता रहेको थियो ।

हिरालाल श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिले  सुदीप कार्कीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा  कल्पना रिमाल  उपाध्यक्षहरूमा क्रमशः  कृस सुनार, भुवन थापा मगर, गणेश बस्नेत, अपील भट्टराई रहेका छन् भने   महासचिवमा सुरिन भुजेल, सचिवमा ज्ञानु  ठकुरी, कोषाध्यक्षमा रमेश गोदार, सहकोषाध्यक्ष मा ईश्वर अधिकारी, युवा  संयोजकमा अमर राज पन्थी, महिला संयोजकमा  अनिता अधिकारी, खेलकुद संयोजकमा, जितेन्द्र कार्की, सांस्कृतिक विभाग संयोजकमा शिशिर थापा चयन भएका छन् ।  यसैगरी सदस्यहरूमा क्रमशः राजु तिमिल्सिना, खड्ग भुजेल, योग नारायण अधिकारी, किरण गुरुङ्ग,  विष्णु कार्की, टीका ढकाल, इन्दु पोख्रेल, किशोर पाण्डे, नवीन मिश्र र भोला थापा चयन भएका छन् ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष  कल्पना रिमाल, प्रवक्ता गणेश बस्नेतले  औचित्यमाथि प्रकाश पारेका थिए ।  त्यसै गरी संस्थाको वार्षिक प्रतिवेदन समाजका महासचिव सुरिन भुजेल तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेश गोदारले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा ‘तनहुँ सेवा समाज युएइ’ का भलिबल खेलाडी मिलन चन्द ठकुरी, खेल संयोजक, खेल व्यवस्थापक, टिम कोच तथा कलाकारहरूलाई समेत सम्मान सहित कदर पत्र प्रदान गरिएको थियो । साथै यस कार्यअवधि भर संस्थालाई योगदान दिने संस्थाका पदाधिकारीहरूलाई समेत कदरपत्र प्रदान  गरिएको थियो।

कार्यक्रमका विशेष अतिथिहरू गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली०, गैरआवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, गैरआवासीय नेपाली संघ, मध्यपुर्व उपसंयोजक राजु केसी, आइएनएएस शाखा युएईका अध्यक्ष एमडी बोहोरा, नेपाल आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष डम्बर लिम्बु, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानि प्रसाद तिमिल्सिना, गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समित युएईका उपाध्यक्ष एवं सयपत्री रेस्टुरेन्ट एन्ड ट्रभालका सन्चालक विकाश शाही, नेपाली जनसम्पर्क समिति युएईका संरक्षक खेम राज बस्नेत, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समित युएईका महिला उपाध्यक्ष सोनाम श्रेष्ठ, गुल्मी समाज युएईका संरक्षक कृष्ण गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा युएई कृयाशिल कलाकारहरुको बेजोड सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर