Aamsanchar

धरानकी पूर्णसरीको हत्यामा संलग्न दुई जना सार्वजनिक

Author Image
मङ्गलवार, असोज ४, २०७९

धरान : सुनसरीको धरान उपमहानगरपालिका-२० कि ६४ वर्षीया पूर्णसरी राईको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

गत भदौ २९ गते आफ्नै घरमा हत्या गरिएकी पूर्णसरीका हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो।

हत्यामा संलग्न भएका धरानमा मामली घरमा बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र सुनसरी भोक्राहा नरसिंह गाउँपालिका- ६ का २० वर्षीय रन्जितकुमार साहलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए।

नकुलले हत्या गरेको र रन्जितकुमारले सुन लुकाउन सहयोग गरेको अनुसन्धानबाट खुलेको उनले  बताए।

लगाएको सुनका गहना लुट्ने उद्देश्यले नकुलले खुकुरी प्रहार गरी हत्या गरेको एसपी ढकालले बताए। लागूऔषध सेवन गरेर हत्या गरी फरार रहेका अभियुक्तलाई विराटनगरको रानी एरियाबाट पक्राउ गरिएको कार्यालयका डिएसपी राजकुमार राईले बताए।

उनले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान सुरु गरिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर