Aamsanchar

दमक घटना : हत्या गरेको आरोपमा नौं जना पक्राउ

Author Image
शुक्रवार, असोज ७, २०७९

इलाम। झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा मा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएको र घाईते गुरुङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको घटना सम्वन्धमा तत्काल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोज तलास गर्ने क्रममा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत गरि नौ जनालाई बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थामा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले आमसंचारलाई जानकारी दिए ।

प्रहरीले उनिहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को।१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला पारी बरामद गरेको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्‍ना भएको तिन दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर