Aamsanchar

भारतबाट आयातित माछा बोकेको एउटा पिकअप भ्यान झापा प्रहरीकाे नियन्त्रणमा

Author Image
मङ्गलवार, असोज ११, २०७९

झापा – भारतबाट आयातित माछा बोकेको एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिकाबाट खटिएका नगर प्रहरीले प्रदेश –१–०१–००१ च ७४०८को पिकप भ्यान मंगलबार बिहान ४:३० बजे बिर्तामोडस्थित अञ्जली हस्पिटल छेउबाट नियन्त्रणमा लिएको हो। भारतबाट आयातित अस्वस्थकर मरेका माछाको विक्री वितरण गर्न नगरपालिकाले रोक लगाएको छ। सोही अनुसार नगर प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनिको सहयोगमा माछा बोकेको पिकअप नियन्त्रणमा लिएर नगरपालिका लगेको छ।
चालक र माछा व्यापारी भने नगरपालिकाको सम्पर्कमा आएको छैन। बिर्तामोडको कृषि थोक बजारमा मरेका माछा लान र बिक्री गर्न प्रतिबन्ध लगाएपछि माछा व्यापारीहरूले अञ्जली हस्पिटल छेउमा गाडी रोकेर त्यहीँबाट साइकलमा माछा ओसार्ने योजना बनाएको आशङ्का गरिएको छ। ती माछाको बारेमा अनुसन्धान भइरहेको बताउँदै उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले गुणस्तर विभागलाई जानकारी गराई आवश्यक कानुनी कारबाही अगाडि बढाउने जानकारी दिए। नगरपालिकाले गत असोज १ गते भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर