Aamsanchar

राजकुमार मोहम्मद बिन साउद साउदी अरबको प्रधानमन्त्री बने

Author Image
बुधवार, असोज १२, २०७९

काठमाडौं – राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन्। साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बनाइएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ।

त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ।

फेरबदल नभएका मन्त्रीहरूमा राजकुमार अब्दुलअजिज बिन सलमान ऊर्जामन्त्री, राजकुमार फैसल बिन फरहानलाई विदेशमन्त्री, खालिद बिन अब्दुलअजिज अल–फलिहलाई लगानीमन्त्री, आन्तरिक मामिलामन्त्रीमा राजकुमार अब्दुलाजिज बिन साउद रहेका छन्।

बिन नायफ बिन अब्दुल अजीज र मोहम्मद बिन अब्दुल्लाह अल–जदान अर्थमन्त्री बनेको एसपीएले जनाएको छ।

८६ वर्षीय राजा सलमान इस्लामका पवित्र स्थलहरूको संरक्षक, युवराजको रूपमा साढे दुई वर्षभन्दा बढी समय बिताएपछि सन् २०१५ मा शासक बनेका थिए।

Views: 576

प्रतिक्रिया (०)

सम्बन्धित खबर