झापा – जिल्ला प्रशासन कार्यालय झापाले हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि सो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गर्दै निर्वाचन पश्चात फिर्ता गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले कार्तिक ५ गतेभित्र हातहतियार बुझाउनुपर्ने बताएका छन् । उनका अनुसार प्रहरी इकाई, जिल्ला प्रहरी कार्यालय झापामा अनिवार्य रुपमा बझाउनुपर्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 304