Aamsanchar

भारतीय कम्पनीको रुघाखोकीको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

Author Image
बिहिवार, असोज २०, २०७९

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीको औ‍षधि बालबालिकाहरुलाई नखुवाउन सुझाव दिएको छ।
गाम्बियामा रुघाखोकीको औषधि खाँदा ६६ जना बालबालिकाको मृत्यु भएपछि औषधिकै कारण मृत्यु भएको हुनसक्ने भन्दै डब्ल्यूएचओले यस्तो सुझाव दिएको हो।

डब्ल्यूएचओले बुधबार विश्वव्यापी स्वास्थ्यसम्बन्धी पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा भनिएको छ,’ डब्ल्यूएचओले गाम्बियामा चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ। जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित छ। यो मृत्यु अत्यन्त दु:खदायी छ।’

‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्,जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ। डब्ल्यूएचओले कम्पनी र सम्बन्धीत व्यक्तिसँग थप अनुसन्धान गरिरहेको छ। यी दूषित उत्पादनहरु हालसम्म गाम्बियामा मात्र भेटिएका छन्।

तर अन्य देशमा पनि वितरण भएको हुनसक्छ,’ डब्ल्यूएचओले भनेको छ।

डब्ल्यूएचओले यी उत्पादनहरु परीक्षण गरेर मात्रै सेवन गर्न सुझाव दिएको बीबीसीमा समाचार छ।

अङ्ग्रेजी अखबार द हिन्दूले लेखेको छ कि डब्ल्यूएचओले यी औषधिहरूको परीक्षण गरेपछि तिनीहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको अनुपयुक्त मात्रा भेटिएको बताएको छ।

Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर