Aamsanchar

गुडिरहेको बसमा बसमा भीषण आगलागी, ११ जनाको मृत्यु

Author Image
शनिवार, असोज २२, २०७९

भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ।

नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। तर उनीहरूको संख्या खुलाइएको छैन। धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ।

बस यवतमालबाट मुम्बई जाँदै थियो। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर