Aamsanchar

अपडेट : बिर्तामोडको वान स्टप मलमा लागेको आगो नियन्त्रण, क्षतीको विवरण आउन बाँकी

Author Image
शनिवार, असोज २२, २०७९

बिर्तामोड । झापाको विर्तामोड स्थित वान स्टप मलमा लागेको आगलागी नियनत्रणमा आएको छ । मलको पहिलो तल्लामा रहेको रिद्धीशिद्धी कपडा पसलबाट सल्लेको आगो आसपासका अरु चार वटा पसल सम्म आगो फैलिएर क्षती पुर्याएको छ ।

विद्युत सर्ट भएको कारण लागलागी भएको हुन सक्ने प्रारम्विक अनुसन्धानबाट खुलेको छ । आगो नियन्त्रणमा आए पनि अझै अरु पसल भित्र आगो रहेको हुन सक्ने भएकाले तिन वटा दमकल घटना स्थलमै राखिएको छ ।

अरु पसल भित्र आगो भए नभएको बाहिरबाट हाल थाहाँ हुन नसकेकोले आ–आफ्नो पसल खोलेर अन्योलको निर्कोल गर्न बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले व्यवसायीहरुमा सुचित गराएका छन् ।

आगालागी सुरु हुने वित्तिकै मेन विद्युत लाईन काटिएको छ । विद्युत काटिएका कारण आगलागी थप पसलहरुमा फैलिन नपाएको मैनालीले आमसंचारलाई बताए ।
आगलागीबाट कति क्षती भयो भन्ने बारे विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढनु होस् ।

Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर